काठमाडौं : गत आर्थिक वर्षको ११ महिनासम्ममा करिब एक खर्ब नजिक पुगेको (भित्रिने भन्दा बाहिरिने बढी रकम) शोधानान्तर घाटा असार महिनामा उल्लेख्य घटेको छ। असार महिनामा शोधानान्तर ओरालो लागेसँगै आर्थिक वर्ष २०७५/७६ मा ६७ अर्ब रुपैयाँमा झरेको छ।
अर्थमन्त्रालयका सहसचिव थानेश्वर गौतमका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशको शोधनान्तर घाटा ६७ अर्ब ४० करोड रुपैयाँ रहेको छ।
जबकि गत आर्थिक वर्षको ११ महिनमा यस्तो घाटा ९० अर्ब ८३ करोड रुपैयाँमा पुगेको थियो। यस हिसाबले असार महिनाको मात्रै तुलाना गर्ने हो भने शोधनान्तर नाफा (देशबाट बाहरिने भन्दा आउने बढी बढी) २३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्षको अन्तिम महिनामा शोधभर्ना उठेको र भन्सार अवरोधका कारण व्यापारमा गिरावट आएका कारण शोधानान्तर नाफामा आएको देखिन्छ।
अन्तर्राष्ट्रिय व्यापार : असार महिनामा मात्रै २० अर्बको कमी
त्यस्तै असार महिनामा रेमिट्यान्सको आयात पनि बढेकोले यसको प्रभाव शोधनान्तर बचतमा देखिएको अर्थमन्त्रालयले जनाएको छ।नेपाल राष्ट्र बैंकले प्रत्येक महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन मार्फत अवस्था चित्रण गर्ने गरेपनि गत आर्थिक वर्षको अन्तिम महिनाको तथ्यांक प्रकाशित गरेको छैन।
अर्थमन्त्रालयमा उपलब्ध तथ्यांक अनुसार असार महिनामा उल्लेख्य रुपमा घाटा घटाउन सरकार सफल भएको हो। असार महानमा मात्रै अनुमानित लक्षको तुलनामा करिब २० अर्ब रुपैयाँ बराबरको कमको व्यापार आयत भएको थिए। आयतमा आएको कमीका कारण सरकारको राजस्वमा प्रभाव परे पनि शोधनान्तर घाटा घटाउन सहयोग पुगेको हो।
आर्थिक २०७५/७६ को असारमा अघिल्लो महिनाको तुलनामा करिब तीन अर्ब रुपैयाँ घट्यो। आर्थिक वर्ष २०७५/७६ को जेठ महिनाको तुलनामा असारमा जम्मा व्यापार दुई अर्ब ९५ करोड ६९ लाख रुपैयाँ कमी आएको छ। जसमा आयात व्यापार दुई दर्ब ९२ करोड निर्यात व्यापार दुई करोड ६४ लाख रुपैयाँ कमी आएको छ।
असार महिनाको जेठको तुलानमा करिब १० देखि १० प्रतशित बढी व्यापार हुने गरेकोमा यस वर्ष घटेको हो। यसको फाइदा शोधनान्तरमा परेको देखिन्छ।
जेठसम्म बढी शोधनान्तर घाटामा देखिनुको कारणलाई अर्थमन्त्रालयले शोधभर्ना हुन बाँकी रकमलाई लिएको छ। सहसचिव गौतमका अनुसार शोधभर्ना रहेको रकम ३८ अर्ब ५९ करोड रुपैयाँ ११ महिनामा प्राप्त नभएका कारण बढी घाटा देखिएको हो।
'११ महिनामा शोधभर्ना हुन बाँकी ३८ अर्ब ५९ करोड रुपैयाँ प्राप्त भएको भए ५२ अर्ब २४ करोड रुपैयाँ घाटा रहन्थ्यो,’ गौतमले भने।उनका अनुसार असारमा यस्तो रकम धेरै प्राप्त भएको छ। जसको प्रभाव शोधनान्तर घाटा न्यून गर्नमा देखिएको हो।
त्यस्तै अर्थमन्त्रालयले गत आर्थिक वर्षमामा मुद्रा स्फितिदर ४.६ प्रतिशत रहेको जनाएको छ। ११ महिनामा यस्तो दर ४.५ रहेकोमा असारमा ०.१ प्रतिशत बढेको अर्थमन्त्रालयले जानएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।