|

हेटौँडा : प्रदेश ३ को राजधानी रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा डेंगूको प्रकोप बढेको छ। डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या  ४ देखि ५ जनाको दरमा बढदै गएका छन्। शुक्रबारसम्म हेटौँडामा ३ सय जना डेंगूको बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। 

डेंगू सक्रमित बिरामीको उपचार हेटौँडा अस्पतालमा र केही नीजि स्वास्थ्य संस्थामा भइरहेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए। कार्कीले केही बिरामी काठमाडौंमा उपचार गर्न गएको पनि बताए। 

अहिले हेटौँडा अस्पतालमा डेंगूकै कारण स्वास्थ्य परीक्षण गराउनेको भीड लाग्न थालेको छ। सामान्य ज्वरो आएता पनि डेंगू लागेको आशंकामा परीक्षण गर्नेको संख्या अधिक भएको हेटौँडा अस्पतालका मेसु प्रवीण श्रेष्ठले बताए। संक्रमणका कारण अघिल्लो वर्ष २ जनाको मृत्यु भएको थियो।

लार्भा नष्ट गर्न घर दैलो

हेटौँडा उपमहानगरपालिकामा डेंगूको संक्रमण फैलिएपछि लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्न घरदैलो अभियान सञ्चालन गरिएको छ। हेटौँडामा डेंगूका बिरामी बढ्दै गएपछि डेंगू नियन्त्रण गर्न हेटौँडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गरेको हो।

हेटौंडा ४ नम्बर वडाबाट घरदैलो अभियान सञ्चालन गरी डेंगूको लार्भा र प्युपा बस्ने जमेको पानी हटाउने अभियान सुरु गरिएको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए। एक हप्ता अघिदेखि सुरु भएको उक्त अभियान हेटौँडाका १० वटा भन्दा धेरै वडामा सञ्चालन भइरहेको छ। 

मन्सुन अघि र पछि डेंगूको संक्रमणको जोखिम बढी हुने गरे पनि गत आव २०७५/७६ मा यही सिजनमा २० जना र जाडो याममा ४ जना गरी २४ जनामात्र डेंगूबाट संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.