खेलकुद

पाथीभरा गोल्डकपः डिफेन्डिङ च्याम्पियनलाई हराउँदै सुनसरी बन्यो च्याम्पियन
SHARES

भदौ ६, २०७६

    ताप्लेजुङ : डिफेन्डिङ च्याम्पियन रेडस्टार झापालाई पराजित गर्दै चौथो संस्करणको पाथीभरा गोल्डकपको च्याम्पियन सुनसरीको एलाभेन एरोज फुटबल क्लब भएको छ। शुक्रबार सम्पन्न फाइनलमा झापाको रेडस्टार क्लबलाई टाई बेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सुनसरी च्याम्पियन बनेको हो।

    सुनसरीका लागि टाई बेकरमा रुपेश केसी, जीवन धामी, प्रिसो एप्स र उमेश कार्कीले गोल गरे। झापाका लागि भने पुजन उभरकोटी र निशान लिम्बूले गोल गरेका थिए। झापाका योगेश गुरुङ र विकास थुलुङले भने गोल गर्न सकेनन्। निर्धारित समयमा २-२ को बराबरी भए पछि टाई ब्रेकरबाट निर्णय लिइएको थियो।

    दोस्राे हाफको १५ औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए। तर खेलको २९ औँ मिनेटमा सुनसरीले बराबरी गोल फर्कायो। डि एरियाबाट यानिक ओनाले प्रहार गरेको गोलले जाली चुम्यो। तर खेलको ४२ औँ मिनेटमा रेडस्टारका लागि मिलन राईले लोभ लाग्दो गोल गरे। अग्रता धेरै समय टिकेन ४९ औँ मिनेटमा सुनसरीका सुसन तामाङले सुन्दर गोल गरे।

    निकै रोमाञ्चक फाइनल खेलको पूरै समय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हेरेका थिए। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सुनसरीका प्रवेश दनुवार घोषित भए। त्यस्तै बेष्ट डिफेन्स सुनसरीकै विष्णु सुनुवार, वेष्ट मिड फिल्ड झापाका योगेश गुरुङ, वेष्ट फर्वाड झापाका मिलन राई, वेष्ट कोच सुनसरीका विश्वबन्धु पोखरेल बने। त्यस्तै प्रतियोगिताको उदयमान खेलाडीको उपाधि ताप्लेजुङ ११ का मनिराज लिम्बू र उच्च गोलकर्ता सुनसरीका यानिक ओना बने।

    प्रतियोगिता भर उनले ४ गोल गरेका थिए। जीत सँगै सुनसरीले नगद ३ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता बनेको साविक विजेता झापा भने नगद १ लाख ५१ हजार १११ रुपैँयामा नै चित्त बुझाउन बाध्य भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]