|

काठमाडौं : समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगकाे भर्ना प्रक्रिामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। 

संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५ हजार ४ सय ५१ दरबन्दी खाली छ। ४ देखि १० तहसम्मका कर्मचारी रिक्त रहेको मन्त्रायले जनाएको छ। त्यसमध्ये ९ हजार १ सय ६१ कर्मचारी भर्न प्रक्रियामै छन् भन्ने खबर कान्तिपुर दैनिकमले जनाएको छ। 

गत चैतमै सरकारले संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ५१ हजार ४ सय ५७ कर्मचारी समायोजन गरेको थियो। मन्त्रालयका अनुसार तीनै तहमा रिक्त कर्मचारीको संख्या कुल दरबन्दीको करिब १७ प्रतिशत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.