|
फाइल तस्विर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  राष्ट्रपति निवास शितनिवासमा भेटवार्ता भइरहेको छ। 

करिब एक घण्टादेखि राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाबेला अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र बनाएका हुन्। 

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डसँगको भेट समसामयकि भएको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टी भित्र नेकपाका वरिष्ठ अध्यक्ष माधव नेपाल र अध्यक्ष केपी ओलीबीचको विवाद बढीरहँदा प्रचण्डले पार्टीभित्र मिलाउने प्रयास गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.