|

डडेल्धुरा : स्थानीय सरकार आइसकेपछि डडेल्धुराका महिला बजेट पादर्शिताबारे सचेत भएका छन्। अहिले ग्रामीण क्षेत्रका महिला सूचना प्रविधिको प्रयोग गर्न सक्ने भएपछि सरकारले निर्माण गरेका नीति कार्यक्रम र बजेट बारे चासो देखाउन थालेका छन्।

यहाँका महिला सूचनाको पहुँचमा पुग्न थालेकापछि सार्वजनिक सुनुवाइ, नीति तथा कार्यक्रम र स्थानीय तहले आयोजना गर्ने सबै कार्यक्रममा स्थानीयबासी र महिलाले चासो देखाउन थालेका हुन्। नेपालको संविधानको धारा २७ ले सूचनाको हकअन्तर्गत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरेको छ।

सुशासन र पारदर्शिताका लागि स्थानीय सरकार र नागरिकबीचको सूचना प्रवाहदेखि लिएर पारदर्शिता, जवाफदेहिता र सुशासनसम्बन्धी यहाँका महिलाले जानकारी पाएका नवदुर्गा गाउँपालिकाकी उपाध्यक्ष डम्बरी ओलीले बताइन्।

‘स्थानीय सरकार आइसकेपछि नवदुर्गाका पछाडि परेका तथा पारिएका महिलाहरू'ले महिलासम्बन्धी बजेटको खोजी गरिरहेका छन्। योभन्दा पहिले पहिला कर्मचारी सासन थियो उनीहरूलाई केही जानकारी थिएन’ उपाध्यक्ष ओलीले भनिन्, ‘अझै पनि उनीहरूले धेरै जानकारी पाइरहेका छैनन् त्यसका लागि सूचना प्रविधिमार्फत सचेत गराउने अभ्यासमा छौँ।’

अहिले डडेल्धुराका दुई स्थानीय तह अमरगढी नगरपालीका र नवदुर्गा गाँउपालीकामा पारदर्शिता, जवाफदेहिता र सुशासनबारे सचेत भएपछि महिलाहरू'ले सूचनाको हकलाई उपयोग गर्ने थालेका छन्। ग्रामीण क्षेत्रमै महिलाहरू'का लागि पादर्शिता तथा न्यायिक प्रक्रियाबारे विभिन्न कार्यक्रमहरू सञ्चालन भएसँगै अहिले सूचनामा महिलाहरूको पहुँच भएपछि घरेलु, लैङ्गिक तथा जातीय हिंसाबारे समेत सचेत भएका छन्।

योजना तर्जमादेखि लिएर सार्वजनिक सूचनाको हकमा अहिले महिलाहरूले चासो राख्ने गरेको दलित महिला संघ(फेडो)की अध्यक्ष सुनिता गैरेले बताइन्। उनले भनिन् ‘अहिले महिलाको क्षेत्रमा नभएर हामी एउटा बस्ती, टोलमै भइरहेका कामहरूबारे महिलाहरू'ले पारर्दशिता खोज्छन्।’ अब घरेलु हिंसालाई न्यूनिकरण गर्न न्यायिक समितिको क्षमता अभिवृद्धि गरिनुपर्ने उनको भनाइ छ।

अहिले यहाँका स्थानीय सूचना माग्दा कसरी माग्ने, नदिएमा कसरी उजुरी गर्ने, योजना माग गर्दो नीतिलाई हेरेर माग गर्नुपर्ने विषयमा जानकारी पाइरहेका छन्। स्थानीय सरकारलाई बढीभन्दा बढी कसरी जवाफदेही बनाउन सकिन्छ, कसरी पारदर्शिता बनाउन सकिन्छ र कसरी स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढाउन सकिन्छ भनेर सदरमुकाममा नागरिक पाठशाला कार्यक्रम सञ्चालन भइरहेको छ। विभिन्न प्रविधिका माध्यमहरू मोबाइल एप्लिकेशन, म्यासेजिङ सिस्टम, डाटा पोर्टल तथा तथ्यांकीय पोर्टलमार्फत आमनागरिकलाई सूचनाको पहुँचमा पुर्‍याउन लागिएको छ।

सरकारले स्वस्फुर्त रुपमा खुलासा गर्नु पर्ने २० वटा सूचनाका कुराहरू' नागरिकलाई जानकारी पाउनुपर्ने सुशासन परियोजना डडेल्धुराका जिल्ला संयोजक मेनका शाहीले बताइन्। उनले भनिन्, ‘नागरिकले न मागेपनि स्थानीय सरकारले स्वस्फुर्त रुपमा खुलासा गर्नुपर्छ।’

अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाले संचालन गर्दै आएका हरेक किसिमका क्रियाकलापलाई चुस्त दुरुस्त राख्न, नागरिक समक्ष पुर्याउन र पारदर्शी बनाउन विभिन्न सुशासन र जवाफदेहिताका लागि नागरिक पाठशाला कार्यक्रम गर्दै आएको उनको भनाइ छ।

क्यानेडियन सरकार र सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामीण वातावरण विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहकार्यमा अहिले डडेल्धुराको अमरगढी नगरपालीका र नवदुर्गा गाँउपालीकामा सुशासन अभिवृद्धि गर्न विभिन्न कार्यक्रम संचालन भइरहेका छन्। ग्रामीण क्षेत्रमा अझै पनि महिला पछाडी रहेकाले स्थानिय तहले अझै पनि महिला सशक्तीकरण तथा उनीहरूको चेतना अभिवृद्धि गर्ने अभ्यास गर्नुपर्ने देखिन्छ।

दुई दिने ‘नागरिक पाठशाला’

स्थानीय सरकारलाई बढीभन्दा बढी कसरी जवाफदेही, पारदर्शी बनाउन तथा स्थानीय तहसँग साझेदारी गरेर अगाढी बढाउने हेतुले डडेल्धुरा सदरमुकाममा दुई दिने सुशासन र पारदर्शिताका लागि ‘नागरिक पाठशाला’को आयोजना गरिएको थियो।

एकीकृत प्रविधिको प्रयोगमार्फत सुशासन र जवाफदेहीताका संयन्त्रमा नागरीक संगलग्नता विषयकसम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ। क्यानेडियन सरकार र सेसि नेपालको आर्थिक सहयोग तथा ग्रामीण वातावरण विकास केन्द्र डडेल्धुराको आयोजनामा सोमबारदेखि तालिम संचालित भएको हो।

कार्यक्रममा पहिलो दिन स्थानीय सरकारको नीति, कार्यक्रम र बजेटबारे जानकारी, स्थानीय सरकारले स्वस्फुर्त सार्वजनिक गर्नुपर्ने विभिन्न २० प्रकारका सार्वजनिक सूचनाबारे जानकारी, बजेट पारदर्शिता, सार्वजनिक सुनुवाई, गुनासो सुनुवाई संयन्त्र, लेखापरीक्षण र नागरिक वडापत्रलगायतका सुशासन र पारदर्शीताका योजनाबारे छलफल गरिएको थियो। भने दास्रो दिन सार्वजनिक सुनुवाइ के हो र कसरी सार्वजनिक सुनुवाई गर्ने डाटा पोर्टलको फाइदा त्यसको प्रयोग कसरी गर्नेलगायतका बारेमा जनाकारी गराएको थियो।

तालिमको आयोजना गर्दा स्थानीय सरकार र नागरिकबीचको सूचना प्रवाहदेखि लिएर पारदर्शिता, जवाफदेहिता र सुशासनसम्बन्धी जानकारी पाएको नवदुर्गा गाँउपालिकाकी  कमला भट्टले बताइन्।

सूचना माग्दा कसरी माग्ने, नदिएमा कसरी उजुरी गर्ने, योजना माग गर्दो नितिलाई हेरेर माग गर्नुपर्ने विषयमा जानकारी पाएको उनले बताइन्। विगत दुई वर्षदेखि नागरिक पाठशालासम्बन्धी कार्यक्रमको आयोजना गरिरहेको सुशासन कार्यक्रम डडेल्धुराका जिल्ला संयोजक मेनुका शाहीले जानकारी दिइन्। स्थानीय सरकारका कर्मचारी, नागरिक समाजका अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, तथा गाउँपालीका वडाका प्रतिनिधि तथा अन्य समाजसेवीहरूको कार्यक्रममा सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.