समाज : सुरक्षा/अपराध

२३ लाख मूल्य बराबरको समानसहित तीन पक्राउ
SHARES

भदौ १५, २०७६

    रौतहट : रौतहटको सीमा क्षेत्रबाट प्रहरीले तीन जनालाई २३ लाख मूल्य बराबरको समानसहित पक्राउ गरेको छ।

    शनिबार साँझ ईशनथ नगरपालिका–६ स्थित नेपाल—भारत सीमा दशगजाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नम्बर नराखिएको टेष्ट लेखिएको जिकअप जिपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको कालो मरिच १० बोरा हरियो, मटर ४७ बोरा, छोकडा तीन बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए।

    उक्त कार्यक्रमा संलग्न ईशनाथ नगरपालिका–७ का वीरेन्द्र साह, भारत बिहारको मोतिहारी ग्राम पञ्चायत शिसवा–१५ का भगरित साह र पर्साको वीरगंज महानगरपालिका–१४ का आदित्य नारायण साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए। तस्करीका लागि प्रयोग गरिएको भारतीय नम्बर प्लेट बिआर ५ एपी ४३३६ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। बरामद समान गौर भन्सार कार्यालयमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]