तीजमा गुन्जियो पशुपतिनाथ

|

काठमाडौं : भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशैभर मनाइँदैछ। यो दिन महिलाहरु निरहार वर्त बसेर महादेवको पूजा एवम् दर्शन गरेर मनाउँदैछन्।

शास्त्रीय मान्यताअनुसार महिला, पुरुष दुवैले हरितालिका (तीज) को ब्रत गर्नुपर्छ। तर यो दिन महिलाले श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन्।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले ब्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ हिन्दु धर्मावलम्बी महिलाहरुमा छ। 

यो हिन्दुहरुका आराध्यदेव भगवन पशुपतिनाथको मन्दिरमा महिलाहरुको भिड लाग्ने गर्छ। यहाँ झिसमिसे बिहानीदेखि साँझसम्म महादेवको दर्शन गर्ने ब्रतालु महिलाको भिड लाग्ने गर्छ।

यस क्रममा ब्रतालु महिलाहरु विभिन्‍न भाकामा गाउँदै नाच्दै रमाउँछन्। रातो पोशाकमा सजिने प्राय: महिलाहरुका भाका र नृत्यले पशुपतिनाथ क्षेत्र गुञ्जयमान हुने गरेको छ। सोमबार पनि पशुपतिनाथ परिसरमा ब्रतालु महिलाहरु नाच्दै गाउँदै रमाइरहेका देखिन्थे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.