|

संखुवासभा : संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता जिल्ला अस्पतालमा भाइरल ज्वरोको बिरामीले अपस्पताल खचाखच भरिएको छ। भाइरल ज्वरोले बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने बेड अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नु पर्ने बाध्यता भएको छ।

जल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरोका बिरामी अत्याधिक वृद्धि भएपछि बेड अपुग भएर बाहिर प्यासेजमा समेत राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ। अहिले जिल्ला अस्पतलमा आउन अधिकांस बिरामी भाइरल ज्वरो देखिएको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेड डा. लक्ष्मण खड्काले जानकारी दिए। निमित्त प्रमुख डा. खड्काका अनुसार साउन महिनायता ९ सय ६१ जनामा भाइरल ज्वरोका बिरामी भेटिएको बताए।

साउनदेखि अहिलेसम्म एक हजार सात सय ६४ जनाको स्वास्थ्य परीक्षण हुँदा हजारको हाराहारीमा भाइरल भेटिएको उनले बताए। अहिले दैनिक जसो भाइरलका बिरामी आउने क्रम जारी रहेको बताए। सामान्य बिरामीलाई औषधि दिएर घर पठाउने गरिए पनि भाइरल ज्वरोका बिरामीलाई भने बेडमा नै भर्ना गर्नुपर्ने भएका कारण बिरामीलाई राख्ने प्रयाप्त बेड नहुँदा समस्या हुने गरेको बताए।

भाइरल ज्वरोले संखुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको संख्या वृद्धि भएको छ। भाइरल ज्वरोले निजी अस्पताल मनकामना पोलीक्लिनिक अस्पताल तुम्लिङटार र गोपालभगत मेमोरियल अस्पतालमा समेत भाइरलका बिरामीको संख्या उतिकै रहेको पाइएको छ।

सरकारी अस्पतालमा बेड नपाएपछि कतिपय बिरामी निजी क्लिनिकमा जाने बाध्य भएका छन्। यो वर्ष जिल्लामा भाइरल ज्वरोको प्रकोप अत्यधिक बढेको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ। भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता समस्या हुने चिकित्सकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.