समाज

नेपालगन्जका गोदाममा थन्कियो चार मेट्रिक टन जडीबुटी
SHARES

भदौ २२, २०७६

    बाँके : भारतीय सरकारले सूचीकृत नगर्दा नेपालगन्ज नाकामा करिब चार हजार मेट्रिक टन जडीबुटी थन्किएको छ। 

    भारत सरकारले आफ्नो देशको प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका जडीबुटी निकासी बन्द गरेपछि नेपालका विभिन्न नाकामा करिब १५ हजार मेट्रिक टन जडीबुटी नेपालका विभिन्न नाकामा थन्किएको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए। उनले भने, ‘भारतले निकासी बन्द गरेपछि ६ महिनादेखि नाकामा जडिबुटी थन्किएका छन्।’ निकासी बन्द भएपछि करिब चार हजार मेट्रिक टन जडीबुटी ६ महिनादेखि नेपालगन्जका व्यवसायीको गोदाममै थन्किएको अध्यक्ष अन्सारीले बताए। 

    अन्सारीका अनुसार भारतले रिट्ठा, कुट्की, दालचिनी, पखानवेद, चुत्राको बोक्रा, चुत्राको काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अस्वगन्धा, जटामासी, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइलको तेल समेत सुचीकृत गरेको छैन। नेपालमा ५४ प्रकारका जडीबुटी गोदाममा थन्किएका छन्। 

    विगत केही वर्षदेखि ट्रान्जिट परमिटको नाममा भारतले जडीबुटी निकासीमा अवरोध गर्दै आएको अन्सारीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]