समाज

रुखले किचेर दाङमा एक बालकको मृत्यु
SHARES

भदौ २५, २०७६

    दाङ :  दाङमा रुखले किचेर एक बालकको मृत्यु भएको छ। 

    बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्रीको मृत्यु भएको हाे। विद्यालयवाट घर फर्कदै गर्दा मंगलवार अपरान्ह रुख ढलेर किच्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

    रुखले लागेर सोही ठाउँका अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको र उनको उपचार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]