|

बाँके :  नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला जागरण अभियानमा सहभागी भएका बेला आक्रमणमा परि घाइते भएकी छन्। नेपाली काँग्रेसले खजुरामा आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानअन्तर्गत बिहीबार खजुरामा आयोजना गरेको सभामा नेकपाका कार्यकर्ताको आक्रमणमा परी कोइरालाको हात भाँचिएको नेपाली कांग्रेसले जनाएको छ। 

खजुरास्थित नेपाल रेड्क्रस सोसाइटीको सभा हलमा आयोजित सभामा नेकपाबाट विजयी खजुरा गाउँपालिका  १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा नेकपाका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले वडा अध्यक्ष मल्लको निर्देशनमा स्थानीय नेताहरू मुमबहादुर ओली, सुनिल, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री र लोके भन्ने नाम नखुलेको ब्यक्तिले आक्रमण गरेको आरोप लगाएको छ। 

नेपाली कांग्रेसका जागरण अभियानलाई विथोल्ने गरी गरिएको आक्रमण प्रति नेपाली कांग्रेसले खेद ब्यक्त गर्दै आक्रमणमा सहभागीलाई कारवाहीको माग गरेको छ। आक्रमण गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै काँग्रेसले नेता तथा कार्यकर्ताको जीउ, धनको रक्षाको माग समेत गरेको छ।

‘सरकारको आडमा भएको आक्रमणको घोर भत्सर्ना गर्दै आक्रमणमा सहभागीलाई हदैसम्मको कारवाहीको माग गर्दछौँ,’ सभापति कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.