|

काठमाडौं : हनुमानढोकास्थित श्वेत भैरवको मूर्ति दर्शनका लागि  खुला गरिएको छ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिनदेखि एक सातासम्म उक्त मूर्ति सर्वसाधारणको दर्शनका लागि खुला गर्ने प्रचलन रहिआएको छ। इन्द्रजात्राका अवसरमा स्वेत भैरवको मुर्तिमा जोडिएको पाइपबाट छ्याङ (जाँड ) बगाउने र त्यसलाई खाने प्रचलन छ। इन्द्रजात्राभर हरेक दिन छ्याङ बगाउने चलन छ। 

आठ दिनसम्म चल्ने इन्द्रजात्रामा यो नियमित परम्परा नै हो। साँझ श्वेत भैरवको मुखमा लगाइएको पाइपबाट प्रसादको रूपमा छ्याङ खुवाउने प्रचलन अनुसार बिहिबारसाँझ पनि छ्याङ खुवाइएको छ।

छ्याङ खानका लागि युवाहरूको भीड लागेको थियो। श्वेत भैरवको मूर्ति पछाडिबाट पाइपमा हालेर मुर्तिको मुखबाट निकालिने उक्त छ्याङ पिउनका लागि युवाहरूले तछाडमछाड गरेका थिए।  विभिन्न गुठीहरूले व्यवस्था गरेको छ्याङ प्रसादको रुपमा  साँझ खुवाउने प्रचलन रहिआएको छ। 

हेरौँ यो वर्षको केही फोटोहरु:

 

 

 

 

 

 

 

 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.