गुल्मी : जिल्ला वन डिभिजन कार्यालय गुल्मीबाट गत बैशाखमा उमेर हदबन्दीका कारण अवकास पाएका वन रक्षक चन्द्रबहादुर बस्नेतको नाममा समायोजन पत्र आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई संघमा समायोजन भएको पत्र पठाएको हो।
डिभिजन वन कार्यालय गुल्मीका प्रमुख बोधराज सुवेदीले भुलबस पत्र आएको बताए। उनले अवकास प्राप्त वन रक्षकका नाममा आएको समायोजन पत्र बारे केन्द्रमा जानकारी गराउने पनि बताए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुसालका अनुसार पुसबाट समायोजनको प्रत्रिया सुरु भएको र माघदेखि फागुनसम्ममा समायोजनको पत्र तयार भएका कारण यस्तो भएको बताए।
अवकास हुने व्यक्तिले निजामती किताब खानामा पत्र दिएता पनि कर्मचारी समायोजन शाखामा जानकारी नआएका कारण यस्तो समस्या भएको बताए। सम्बन्धित कार्यलयले अवकास भएको आधिकारीक पत्र समायोजन शाखामा पठाएपश्चात समस्याको समाधान हुने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।