|

धनगढी : कैलालीको टीकापुर नगरपालिका ७ ढुङ्गाना टोल बैदीमा आजदेखि डल्फिन महोत्सव सुरु हुँदैछ।

शनिबारदेखि सुरु हुने डल्फिन महोत्सव तीन दिनसम्म जारी रहने छ। वर्षायाममा स्थानीय नदीहरूमा देखिने डल्फिनले पर्यटक आकर्षित गर्न सक्ने भएकाले प्रचार–प्रचारका लागि महोत्सव गर्न लागिएको आयोजक कैलाली होटेल व्यवसायी संघले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सव उद्घाटन गर्न मन्त्री भट्टराई केही बेरमा धनगढी पुग्दै छन्। डल्फिनको प्रचार–प्रसारमार्फत पर्यटक बढाउन महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष नरेन्द्र शाहीले बताए।

महोत्सवमार्फत डल्फिन संरक्षण र प्रचार–प्रसारका लागि राज्यको ध्यानाकर्षण गराउन खोजिएको उनले बताए। वर्षायाममा स्थानीय पथरैया, काँडा र मोहना नदीमा डल्फिन देख्न पाइन्छ। महोत्सवका क्रममा आगन्तुकलाई नदीमा ¥याफ्टिङ गराएर डल्फिन देखाइने महोत्सवको प्रचार–प्रसार समितिका संयोजक एवं कैलाली होटेल व्यवसायी संघका महासचिव तेज बोहराले जानकारी दिए।

महोत्सवबारे नजिकका भारतीय शहरहरूमा समेत प्रचार–प्रसार गरिएको संघले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.