|

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका ७ खगेनामा चट्याङ लागेर आमा-छोरा बेहोस हुनुका साथै पाँच गाईगोरु मरेका छन्।

शनिबार दिउँसो तीन बजेतिर परेको चट्याङले स्थानीय इन्द्रजीत बिककी श्रीमती पवित्रा बिक उनका छोरा दीलिप बिक बेहोस भएको हुन्।

चट्याङले पाँच गाईगोरु मरेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए। बेहोस भएका आमाछोराको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए।

दैलेखमा लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै ठाउँठाउँमा चट्याँङ पर्नुका साथै दैलेखको पूर्वी खण्डमा पर्ने मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।

बिहीवार राति सोहि गाउँपालिका ३ पुग्याँका बलबहादुर खड्काको घर भत्किदा घरको गोठमा रहेका १४ बाख्रा मरेको र घरभित्र राखिएको अन्न लत्ताकपडासमेत पुरिएको अध्यक्ष थापाले बताए।

घटनाको विस्तृत विवरण संकलनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.