|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसले अवरोध गरेको हो। कांग्रेस बाँके सभापति किरण कोइरालालाई सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको भन्दै संसद अवरोध गरेको हो।

केही दिन पहिले कांग्रेसले बाँकेमा बिपी जयन्ती मनाउने क्रममा किरण कोइरालाको कार्यक्रममा झडप भएको थियो। जहाँ उनको बाँया हात भाँचिएको भनिएको थियो।

जसलाई लिएर कांग्रेसले आजको संसद बैठकमा मुद्दा बनाएको हो। कांग्रेस सांसदहरूले गृहमन्त्री रामबहादुर थापाको जवाफ मागेका थिए। गृहमन्त्रीले जवाफ दिँदा पनि कांग्रेस सांसदहरूले बैठक अवरोध जारी राखेका हुन्। जसका कारण संसद बैठक १० मिनेटका लागि स्थगित भएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.