|

काठमाडौं : इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यसै दिनदेखि जात्रा नसकिँदासम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। र, बेलुकी श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाइन्छ।

आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर जाँड–रक्सी खुवाइने प्रचलन छ। भैरवको मुखमा पाइप लगाएर जाँड-रक्सी अनवरत रूपमा खुवाउने परम्परा छ। खानेको पनि घुइँचो हुन्छ। एक दिन महिलाका लागि मात्र जाँड खान छुट्याइएको छ। माथिल्लो टोल (ठहने) मा रथ तानेको भोलिपल्ट महिलाले जाँड खान्छन्।

करिब सात वर्षअघि ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यस्थापन समिति’ ले यो परम्परा सुरु गरेको हो।  यही परम्परा अनुरुप आइतबार राति महिला हरुले श्वेत भैरवबाट निस्केको छ्याङ प्रसाद ग्रहण गरेका थिए ।

फोटोमा प्रसाद ग्रहण

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.