|
फाइल फोटो

हुम्ला  : हुम्लाको साविक दार्मा गाविसका नेत्रबहादुर शाहीको हत्या अभियोगमा १२ वर्षदेखि फरार भएका तीनजनाले जिल्ला अदालत हुम्लामा आत्मसमर्पण गरेका छन्। उनीहरूले आफैँ अदालतमा हाजिर भएर बयान दिएका हुन्।

शाहीको हत्याको आरोप लागेका चंखेली गाउँपालिका  शुरविर ऐडी, अजविर बुढा, र हर्कवीर बुढा मंगलबार बिहान साढे १२ बजे हुम्ला जिल्ला अदालतमा पुगेर हाजिर भएका हुन्। जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडलेले मुख्य अभियुक्त मानिएका तीनैजना आफैँ आएर अदालतमा बयान दिएको जानकारी दिए।

विस २०६३ साल फागुन महिनामा तत्कालीन नेकपा माओवादी पार्टी आवद्ध नेताको संलग्नता आफ्नो दाइ नेत्रबहादुर शाहीको हत्या गरेको भन्दै भाइ प्यारीलाल शाहीले जिल्ला अदालत हुम्लामा कर्तव्य ज्यान मुद्दा चलाएका थिए।

जिल्ला प्रहरी कार्यालय  हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले पनि अभियुक्त तिनैजान आफैँ आएर अदालतमा बयान दिइरहेको बताए। शाही हत्याको अभियोगमा यसअघि पक्राउ परेका सातजनालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेकोमा हुम्ला जिल्ला अदालतले केही समय अघि दुईजनाविरुद्ध फैसाला सुनाएको थियो भने दुईजानलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.