|

काठमाडौं : बाँकेको खजुरामा भदौ २६ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जागरण अभियानमा भएको आक्रमणमा संलग्नलाई कारावही गरेरै छाड्ने प्रतिवद्धता सरकारले गरेको छ। 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले खजुरा घटनाका दोषीलाई कारवाही नहुन्जेल संसद चल्न नदिने बताएपछि कानुनमन्त्री ढकालले यस्तो भनेका हुन्। 

‘संसदमा प्रमुख प्रतिपक्षी दलले बाँके घटनालाई गम्भीर ध्यानाकर्षण गराएको छ। गृहमन्त्रीले पनि यसबारेमा बोलिसकेको अवस्था छ’, उनले भने, ‘पीडितको निवेदन प्रहरीमा दर्ता भइसकेको छ। छानविन भइरहेकाले कानुनी विधि परम्परामा कुनै पनि अपराधी उम्किन सक्दैनन् । सरकारले कानुनी दायरामा ल्याउँछ।’

ढकालले दोषीमाथि कारवाही गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए। ‘यसलाई विश्वासमा लिइदिनुस्’, ढकालले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘सरकारले दोषी कसैलाई पनि छाड्दैन।’

यसअघि बैठक सुरु हुनेबित्तिकै समय लिएर बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले जनजागरण कार्यक्रम भइरहेका बेला बाँकेको खजुरामा नेकपा समर्थित र सरकारद्वारा संरक्षित समूहले सांघातिक आक्रमण गरेको भन्दै कारवाही हुनुपर्ने माग गरेका थिए।

‘हाम्रा जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको छ । यसबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएको सुनेन। जहोरी पनि दर्ता भएको छैन’, उनले भने, ‘यो राजनीतिकरण गर्ने विषय होइन, गरेको पनि होइन। पीडित पक्षमाथि अन्याय हुँदैछ। उजुरी दर्ता भए पनि कोही पनि समातिएको छैन। सरकारले नै राजनीतिकरण गरिरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.