|

काठमाडौं : देशमा डेंगुको आतंक मच्चिरहँदा उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई विदेश घुम्दै फुर्सद छैन। साताअघि भारत पुगेर फर्किएका यादव बुधबारै अमेरिकातर्फ लाग्ने भएका छन्। 

स्वास्थ्यमन्त्री भएयताको धेरै समय विदेशमै बिताइरहेका यादवलाई सांसदहरुले घुमुवा मन्त्रीको संज्ञा दिएका छन्। संघीय संसदमा सार्वजनिक महत्वको बिषयमा पछिल्लो समय बढ्दै गएको डेंगुबारे संसदमा मन्त्री यादवले बोलेपछि सांसदहरुले कटाक्ष गरेका हुन्। 

डेंगुबारेको सार्वजनिक महत्वको विषयमा प्रश्न गर्दै कांग्रेस सांसद पार्वता डिसी चौधरीले मन्त्री यादवलाई घुमुवाको संज्ञा दिएकी हुन्।

‘साउन १ देखि डेंगु सुरु भएको भन्‍नुहुन्छ', उनले भनिन्, 'आज असोज १ झुल्किनुभयो। यसबेलासम्म मन्त्री कहाँ हुनुहुन्थो? उहाँ विदेश मात्रै घुम्नुहुन्छ। उहाँलाई विदेशप्रति ठूलो  मोह छ। विदेश जानुस्, घुमिरहनुस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.