|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले रिक्त महानिर्देशकको पदमा धरणीधर खतिवडालाई नियुक्त गरेको छ। नवनियुक्त महानिर्देशक खतिवडाले  बुधबार नै पदबहाली गरेका छन्र्। नेपाल सरकारका विभिन्न निकायहरूमा काम गरेका खतिवडा नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका हुन्।

खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरेका थिए। पदवहाली पश्चात खतिवडाले महासंघको छविलाई राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने प्रतिवद्धता व्यक्त गरे। 

महासंघकी अध्यक्ष भवानी राणाले खतिवडालाई पदबहाली गराएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.