|

जाजरकोट : बढ्दो सवारी दुर्घटनालाई कम गर्न जाजरकोट सदरमुकामबाट छुट्ने र आउने सवारी साधनमा टाइमकार्ड लागु गरिएको छ। 

दशैं, तिहारमा जथाभावी क्षमताभन्दा बढी यात्रुहरु राखेर तीव्र गतिमा सवारीसाधन सञ्चालन हुने भएकाले यसलाई नियन्त्रण गर्न टाइमकार्ड सुरु प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए। नयाँ व्यवस्थाअनुसार जाजरकोट सदरमुकामबाट सुर्खेतको छिन्चु र सदरमुकामदेखि रिम्नासम्मको सडकमा टाइमकार्ड लागु गरिएको छ।  

जसअनुसार रिम्ना–होलुखोला एक घण्टा, होलुखोला–खलंगा ४५ मिनेट, खलंगा–मटेला ३० मिनेट, मटेला–कुदु २० मिनेट, कुदु–छेडाचौर एक घण्टा २० मिनेटमा दूरी पार गर्नुपर्ने अस्थायी जिल्ला टा«फिक कार्यालय, जाजरकोटले जनाएको छ। 

टाइमकार्ड उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले सडक निर्माण गर्नु राज्यको दायित्व भएको बताए। त्यस्तै, प्रजिअ पन्तले तोकिएको समयभन्दा अघि वा पछि निर्धारित दूरी पार गर्ने यातायातका साधनलाई कारवाही गरिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.