|

चितवन : एसिया प्यासिफिक सिटिज एलाइन्स फर टोबाको कन्ट्रोल एण्ड नन कम्युनिकेबल डिजिजेज प्रिभेन्सन (एपिक्याट) को चौथो सम्मेलन इन्डोनेसियाको बोगोर सहरमा सम्पन्न भएको छ। एपिक्याटको अर्को वर्ष हुने पाँचौ सम्मेलन भने नेपालको चितवन भरतपुर महानगरपालिकामा हुने तय भएको छ।

सम्मेलनमा भरतपुर महानगरपालिका पनि सहभागी भएको थियो। महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरको योजना, उद्देश्य र रणनीतिको विषयमा आफ्नो प्रस्तुति दिएकी थिइन्। दाहालले मध्य नेपालको सुन्दर सहर, समृद्ध र सुसंस्कृत भरतपुर महानगर भन्ने नारालाई आत्मसाथ गर्दै भरतपुरलाई स्वच्छ, स्वस्थ र स्मार्ट सहरको रूपमा परिकल्पना गरिएको बताइन।

दाहालले महानगरले धूमपान एवं सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र, पूर्ण खोपयुक्त बालबालिका सुनिश्चित महानगर आमा, एक वडा एक खेलमैदान, मेरो फोहोर मेरो जिम्मेवारी अभियान, फोहोरमैला व्यवस्थापन गुरु योजना लगायतका काम सम्पन्न हुने चरणमा रहेको बताएकी थिइन। उनले महानगरले स्मोक फ्रि जोन बनाउने कार्य पनि अघि बढेको बताइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.