|

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका कर्मचारीले संघीय सरकारले दिएको निर्देशन अटेर गर्दै आइरहेको पाइएको छ। 

नगरपालिकाका कार्यकारी प्रमुखदेखि सवारी चालकसम्मले सरकारी नम्बर प्लेटको मोटर साइकललाई निजी बनाएर चलाउँदै आएको पाइएको छ। जिल्ला प्रशाशन कार्यालयले रातो नम्बर प्लेट राखिएका मोटर साइकलमा सेतो नम्बर प्लेट राख्न गरेको परिपत्रलाई नगरपालिकाका कर्मचारीले बेवास्ता गरेका छन्।

गत जेठ ६ को चलानी नम्बर ७३५९ को परिपत्रमा सरकारी नम्बर प्लेटलाई प्राइभेट नम्बरमा परिणत गरी मोटरसाइकल चलाउँदै आएको जनगुनासो आएको भन्दै त्यसलाई तत्काल परिवर्तन गर्न निर्देशन दिइएको थियो। तर, नगरपालिकाका अधिकृत छैटौं तहमा कार्यरत टंकप्रकाश लामिछानेले प्रयोग गर्दै आएको भे ५ प ४९५९ नम्बरको मोटरसाइकल र सावरी चालक हरि पौडेलले प्रयोग गर्दै आएको  भे ६ प ७३९० नम्बर  मोटरसाइकल रातो प्लेट राखेर चलाइरहेका छन्।

त्यस्तै, नगरपालिकाका अन्य कर्मचारी र केही वडा सचिवले समेत निजी नम्बर राखेर सवारीसाधन प्रयोग गरेका छन्। सरकारले २० वर्षभन्दा पुराना गाडी नचलाउन गरेको परिपत्रको पनि अवज्ञा गरेको पाइएको छ। नगरपालिकमा नम्बर प्लेट नै नभएको मोटरसाइकल पनि चलाइरहेको पाइएको छ।

यसैगरी साविकको जिल्ला विकास समितिबाट वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको भे १ झ १७५ नम्बरको टोयटा कम्पनीको गाडी पनि हालसम्म प्रयोग भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.