|

चितवन : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील शब्दसहित पोष्ट गर्ने एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वी चितवनका पशुपति श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए।

ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही शनिबार दिउँसो भरतपुरमा कुटिएपछि त्यसको दोष लगाउँदै रेणुविरूद्ध केही फेसबुक प्रयोगकर्ताले जथाभावी लेखेका थिए। 
त्यसपछि भरतपुर महानगरपालिकाको कार्यालयले रेणुविरुद्ध जथाभावी लेख्नेलाई पक्राउ गर्न मागसहित जाहेरी दर्ता गरेको थियो । 

महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो। उजुरीको जानकारी गृह मन्त्रालय र प्रहरी मुख्यालयमा पनि गराइएको छ। 

शाही कुटिएपछि सामाजिक सञ्जालका केही प्रयोगकर्ताले रेणुलाई त्यसको दोषी देखाउँदै तस्बिर अर्धनग्न तस्बिर जोडी फेक फेसबुक आइडी बनाएर फेसबुकमा पोष्ट गरेका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.