|

कपिलवस्तु: कपिलवस्तुमा लागुऔषधसहित दुईजना पर्काउ परेका छन्। जिल्लाको वाणगंगा नगरपालिका-५ खुटेनीबाट प्रहरीको विशेष अप्रेशन टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका-११, भैस्टा निवासी सलाउद्दिन मुसलवान र मकिम भन्ने मजिबुर रहमान रहेका छन्।

उनीहरूको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागुऔषध, नगद  १३ हजार नेपाली  र भारतीय नगद १ हजार पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

उनीहरूले लागुऔषध भारतबाट खरिद गरी कपिलवस्तुको वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा बिक्री-बितरण गर्दै आएको अनुसन्धानबाट खुल्न आएको  बताइएको छ। उनीहरूविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.