|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका ५ चौतारा बजारमा बसको ठक्करबाट बालिकाको मृत्युु भएको छ। 

चौताराको पुरानो बजारस्थित चौतारा बहुमुखी क्याम्पस नजिकको धुम्तीमा बसले ठक्कर दिँदा ३ वर्षीय बालिका प्रेरणा घलेको मृत्युु भएको जिल्ला प्रहरी कार्यालको डिएस्पी माधव काफ्लेले जानकारी दिए।

अरनिको यातायातको बा २ ख ६५३५ नम्बरको बसले ठक्कर  दिएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ। बसको ठक्करबाट घाइते बालिकाको चौतारा अस्पतालले मृत्यु घोषणा गरेको डिएसपी काफ्लेले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.