|

काठमाडौं : पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसंग खेल्न लागेको हो। ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोही लयलाई दोस्रो खेलमा समेत निरन्तरता दिन चाहन्छ। यस सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो।

यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ। यसअघि नेदरल्यान्डसँग भएका ५ खेलमध्ये नेपालले ३ खेलमा पराजय बहोरेको छ भने एउटामा जीत निकालेको छ।

एउटा खेल रद्ध भएको थियो। ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.