|

दाङ: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरे।

सोमबार दाङको घोराहीमा दाङका सञ्चारमाध्यमका प्रमुख एवं प्रतिनिधिसँग भेटघाट तथा चियापान समारोहमा  बोल्दै उनले यस्तो बताए। 'सञ्चार माध्यमले सकारात्मक समाचार प्रवाह गर्नु पर्दछ', उनले भने, 'जनतामा आशा प्रवाह गर्ने कार्यमा सञ्चार माध्यमले भूमिका निर्वाह गर्नु पर्दछ।'

तीन तहका सरकारले मुलुकको समृद्धिका लागि योजना बनाइरहेको भन्दै उनले सञ्चार माध्यममा आउने नकारात्मक समाचारले जनतामा निरासा पैदा भइरहेको बताए। त्यसैगरी सञ्चार माध्यमले विकासमा पैरवी गर्नुपर्ने बताउँदै उनले भने, 'सञ्चार माध्यमले विकासका मुद्दामा पैरवी गर्नु पर्दछ। जनतामा आशा जगाउने जिम्मेवारी सञ्चार माध्यमले वहन गर्नु पर्दछ। निरासा पैदा गर्ने समाचार प्रकाशन गर्न बन्द गर्नुहोस्।'

त्यसैगरी उनले दाङको विकासका लागि आफू लागि परेको भन्दै माडी डाइभर्सन र अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको तयारी अन्तिम चरण पुगेको बताए। ‘माडी डाइभर्सन र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यसका अलावा दाङमा विभिन्न योजनाहरू निर्माणको क्रममा छन्।' 

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, सचिव उदय जिएम,दाङका अध्यक्ष सबिन प्रियासन लगाएतले दाङको समसामयिक बिकास र महत्त्वपूर्ण बिषयमा कुरा राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.