|
फाइल फोटो

काठमाडौं : उपत्यकाको असनबासीले हर्षोउल्लासका साथ खड्ग जात्रा मनाएका छन्। दशैंको विजया दशमीको भोलिपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दशैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन्।

टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ। टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिए। 

सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ। ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दुर्गा भवानीलाई बली दिने प्रचलन छ।

जात्रामा स्थानीयले खडग लिएका सानो नानीलाई पूजा गर्ने, दक्षिण दिने र नेवारी परम्परा अनुसारको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.