|
फाइल फाेटाे

भोजपुर : पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आएका पर्यटकले भोजपुरको ‘मुन्दुम ट्रेल’ उत्कृष्ट तीन वटाभित्र पर्ने प्रतिक्रिया दिएका छन्  उनीहरुले नेपालको हालसम्म ४३ वटा पर्यटकीय क्षेत्रको भ्रमण गरेकामा यो मुन्दुम ट्रेल उत्कृष्ट तीनभित्र परेको प्रतिक्रिया दिएका हुन्।
 

नेपाल सरकारको उत्कृष्ट १०० वटा पर्यटकीय क्षेत्रको सूचीमा पर्न सफल मुन्दुम ट्रेलको ट्रेकिङका लागि पहिलोपटक आएका सात अमेरिकी पर्यटकलाई बिदाइसमेत गरिएको छ । दश दिनसम्म ट्रेकिङमा गएका उनीहरुले मुन्दुम ट्रेलभित्र पर्ने मैयुङडाँडा, टेम्केडाँडा, हाँसपोखरी लगायतको भ्रमण गरेका छन् । मौसम खराब भएका कारण सिलिचुङसम्म भने पुग्न नसकेको टेम्के मयुङ गाउँपालिकाले जनाएको छ ।

बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुवराज राईले प्रतिकूल मौसमको सामना गर्दैै आफ्नो गाउँपालिका क्षेत्रको पर्यटकीय स्थलको भ्रमण गरेकामा खुसी व्यक्त गरे।  उनले मुन्दुम ट्रेलको आफ्नो ठाउँमा प्रचारप्रसार गरिदिनसमेत आग्रह गरे। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.