|

चितवन : भरतपुर करागरका एक कैदीको मृत्यु भएको छ। सोलुखुम्बु घर भइ हाल पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार राईको पेटको क्यान्सरका कारण मृत्यु भएको भरतपुर कारागारले जनाएको छ। राईको उपचारका क्रममा क्यान्सर अस्पतालमा गएराती ८:३० बजे मृत्यु भएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताए।

राईलाई पोखरा कारागारबाट गएको जेष्ठमा भरतपुर कारागार ल्याइएको थियो। उनलाई कर्तब्य ज्यान मुद्दामा २०६७ साल माघ १६ गत्ते २० वर्वको कैद तोकिएको थियो। उनको शव अहिले भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.