काठमाडौं : सरकारले अबको २४ वर्ष भित्र मुलुकमा गरिबी निवारण गरिसक्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले आगामी २४ वर्ष भित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको बताउनु भएको हो।
अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसर पारेर बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी निवारणका लागि सरकारले त्यससम्बन्धी छुट्टै नीति तय गरेको पनि स्पष्ट पारे।
मुलुकमा १८ दशमलव ७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको सरकारी तथ्याङ्क छ । सचिव गौतमले गरिबीको रेखामुनि रहेका ती जनसंख्यालाई गरिबीबाट मुक्त गराउन सम्बन्धित सबै पक्षको संयुक्त पहलको आवश्यक्तामा पनि जोड दिए।
सचिव गौतमले सरकारले गरिबी निवारणका लागि आयआर्जनका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको पनि उल्लेख गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।