|

जनकपुरधाम : महोत्तरीमा घुससहित प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । कठुधार प्रहरी चौकीका इन्चार्ज वृजेश कुमार चौधरीलाई १३ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

भारतीय बजारबाट सामान सीमाक्षेत्रमा पास गराइदिने भन्दै एक व्यापारीसँग १३ हजार घुस लिँदै गर्दा असई चौधरीलाई अख्तियार बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगिएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.