|
आक्रमणमा घाइते कोइराला

बाँके :  हुलहुज्जतका साथ कार्यक्रम स्थलमा प्रवेश गरी पार्टी बाँके सभापति किरण कोइरालालगायतका नेता माथि हातपात र कुटपिट गरेको अभियोगमा किटानी जाहेरी दिँदासमेत दोषी उपर कारवाही नगरेको भन्दै नेपाली कांग्रेस बाँकेले आपत्ति जनाएको छ।

पार्टीका बाँके सभापति किरण कोइरालाको हात भाच्ने गरि अभद्र व्यवहार गरेको विषयमा सत्य, तथ्य छानविन नै नगरि दोषीलाई उन्मुक्ति दिएको कांग्रेस बाँके सचिव कपिलदेव शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य शुधांशु कोइरालाले खजुरा गाउँपालिका–१ का वडा अध्यक्ष सुमन मल्ललगायत १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए। मुख्य दोषीलाई उनमुक्ति दिने उद्देश्यले बाँके प्रहरीले कम्युनिष्ट सरकारको दबावमा परेर फितलो अनुसन्धान गरि जाहेरीको १ नम्वरमा नाम रहेका सुमन मल्ललाई उन्मुक्ति दिने मनसायले मुद्धा नचलाएको देखिन्छ। शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

प्रमाणको अभावमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्धा चलाउन नसक्ने भनि जवाफ दिएको प्रति आपत्ती जनाउँदै कांग्रेसले प्रहरी, प्रशासन, सरकारी वकिल कार्यालय र कम्युनिष्ट सरकारको मिलोमतोमा मुख्य दोषीलाई छुट्कारा दिएको आरोप लगाएको छ। मुख्य दोषीलाई कानुन बमोजिम कारवाही नगरि अन्य व्यक्तिलाई मात्र मुद्धा चलाएको प्रति हाम्रो घोर आपत्ती छ, विज्ञप्तीमा भनिएको छ।

राजनैतिक दबावमा घटनाको सत्य तथ्य जाँच नगरि एकतर्फी रुपमा सत्ताको दुरुपयोग गर्दै प्रहरी प्रमुखले पार्टी सभापतिलगायत सांसदलाई धम्क्याउने मनसायले फोन गरेको आरोप समेत कांग्रेसले लगाएको छ। मूख्य दोषीलाई कारबाही र पीडितलाई न्याय दिन माग गर्दै शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'आरोपीलाई कारवाही र पीडितलाई न्याय नदिए नेपाली कांग्रेस पुनः आन्दोलनको कार्यक्रम घोषणा गरि सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौँ।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.