राजनीति

विमानस्थल तोडफोड अभियोगमा पक्राउ सांसद साह रिहा

कात्तिक १, २०७६

    धनुषा : जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन्। 

    सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद साहलाई शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशमा रिहा भएलगत्तै उनी जानकी मन्दिरमा पूजा गर्न पुगेका छन्।

    जहाज ढिलो भएको भन्दै बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका हुन्।

    काठमाडौं जान गत सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोंकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । उनलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेर जनकपुर ल्याएर मुद्दा चलाएको थियो।

    सांसद साह रिहा भएपछि राजपाले धनुषा, सर्लाहीसहितका जिल्लामा आह्वान गरेको बन्दसहितका कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ। 

सन्तोष यादव

यादव थाहा खबरका धनुषा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]