|

चितवन : चितवनको नारायणगढमा जारी जेसीज विकाश रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगीता अन्तर्गत आजबाट क्वार्टरफाईनलका खेलहरु सुरु हुदैछन। पहिलो क्वार्टरफाईनलमा आज सशस्त्र प्रहरी बल एपीएफ र नेपाल आर्मी क्लब भिड्दैछ।

क्याम्पाचौरमा जारी खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। एपीएफ झापा ११ लाई पराजित गर्दै क्वार्टरफाईनलमा पुगेको टिम हो भने आर्मि वाई पाएको टिम हो।

आजको विजेता टिमले सेमिफाईनलमा चितवन ११ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका विजेता टिमले नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सहआयोजक रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.