२५ प्रतिशत समय सकिँदा ४ प्रतिशतको मात्रै काम!

|

 काठमाडौं : वर्तमान सरकारले आर्थिक वर्ष २०७५/७६ लाई विकासको आधार वर्षको रूपमा लिएको छ। ' आर्थिक वर्ष २०७५/७६ विकासको आधार वर्ष हो चालू आर्थिक वर्षबाट विकासको गति तीव्ररूपमा बढ्छ' बजेटपछि सांसदहरूको जवाफ दिने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए। 

अर्थ मन्त्रालयले बजेटपछि मन्त्रालयगत छलफल गरी समयमा काम अघि बढाउनका लागि सबै मन्त्रालयहरूलाई आग्रह गरेको प्रधानमनमन्त्री केपी शर्मा ओलीले पनि पटक-पटक निर्देशन दिँदै आएका छन्। तर खर्च स्थिति गत वर्षभन्दा पनि कमजोर देखिएको छ। 

आधार वर्षमा नीति नियम बनाउन समयमा लागेको र नीतिगत अन्योलताको कारण खर्च नभएको बाहाना बनाएको सरकारको लागि चालू आर्थिक वर्षमा वहाना छैन। तर, खर्च पनि भएको छैन। 

चालू आर्थिक वर्षको लागि सरकारले चार खर्ब आठ अर्ब रुपैयाँको पुँजीगत खर्च विनियोजन गरेको थियो। जसमा तीन महिना बित्दा १८ अर्ब ३६ करोड रुपैयाँ मात्रै खर्च गरेको छ। जबकि गत आर्थिक वर्षमा तीन खर्ब ५७ अर्ब रुपैषाँको पुँजीगत खर्च विनियोजन गरेकोमा तीन महिनाको अवधिमा २२ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको थियो। 

यो विकासको लागि गत वर्ष भन्दा सरकारले ५१ अर्ब रुपैयाँ बजेट बढाए पनि तीन महिनाको खर्च स्थिति भने गत वर्षको भन्दा चार अर्बभन्दा बढी रहेको छ। गत आर्थिक वर्षमा तीन महिनाको अवधिमा ६.१६ प्रतिशत खर्च गरेकोमा चालू आर्थिक वर्षमा तीन महिनाको अवधिमा ४.४१ प्रतिशत मात्रै खर्च भएको छ। 

पहिलो तीन महिनासम्ममा सरकारले कुल बजेटमध्ये एक खर्ब ७७ अर्ब ९८ करोड रुपैयाँ खर्च गरेको छ। यो लक्ष्यको ११.६१ प्रतिशत रहेको छ। यस वर्ष कुल खर्च १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ। 

 महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो तीन महिनामा सरकारले चालू बजेट एक खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेको छ। गत वर्षको भन्दा चालू खर्च बढेको देखिन्छ। यो वर्ष सरकारले चालू खर्च नौ खर्ब ५७ अर्ब रुपैयाँ विनियोजन गरेको छ। 

वित्तीय व्यवस्थापनमा दुई अर्ब ८८ करोड खर्च भएको छ। चालू वर्षमा वित्तीय व्यवस्थापनका लागि एक खर्ब ६७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो। 

अर्थ मन्त्रालयले पहिलो चौमासिकपछि खर्च बढ्ने जनाएको छ। 'पुँजीगत खर्चमा कमजोर देखिएको छ, तर पहिलो चौमासिक तयारीको लागि जाने गर्छ, कतिपय भएको खर्च पनि नगएको अवस्था हुन्छ' अर्थ मन्त्रालयका एक अधिकारीले भने 'पहिलो चौमासिकसँगै हामी बैठक बोलाउँछौँ दोस्रो चौमासिकमा खर्च बढ्नेछ, हामीले यस आर्थि कवर्षमा सबै बजेट खर्च गर्ने गरी योजना अघि सारेका छौँ।'

अर्थ मन्त्रालयले आन्तरिक कार्यविधि नै बनाउन कार्ययोजना अघि सारे पनि पूरा हुन सकेको छैन। गत आर्थिक वर्षमा तीन खर्ब ५७ अर्ब रुपैयाँको विकास बजेट विनियोजन गरेकोमा करिब एक खर्ब रुपैयाँ बजेट करिब एक खर्ब बजेट घटाइ खर्चको संसोधित अनुमान निकाल्दासमेत ८७ प्रतिशत मात्रै खर्च भयो। 

बजेटमा विनियोजन गरेको रकमको हिसाबले ७६ प्रतिशत मात्रै खर्च भएको थियो। चालू आर्थिक वर्षमा अहिलेसम्म गरेको खर्च स्थितिले ७६ प्रतिशत बजेट पनि खर्च हुने स्थिति देखिएको छैन। जबकि यस वर्ष शतप्रतिशत पुँजीगत खर्च गर्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.