|

काठमाडौं : अन्तर्राष्ट्रिय कराँते महासंघले नेपालका टोली प्रशिक्षक दिनेश शर्मालाई सम्मान गरेको छ। ब्राजिलमा भएको विश्व कराँते च्याम्पियनसिपमा नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिवसमेत रहेका प्रशिक्षक शर्मा सम्मानित भएका हुन्।

नेपालमा मार्शल आर्टसको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै शर्मालाई अन्तर्राष्ट्रिय कराँते महासंघले एप्रिसेसन अवार्ड र गोल्ड मेडलले सम्मान गरेको हो। बारा निजगढ-३ सिंगौल निवासी प्रशिक्षक शर्मा यसअघि अमेरिका, बेलायत, जर्मनी, भारत लगायतका देशबाट सम्मानित भइसकेका छन्।

त्यही अवसरमा विश्व कराँते च्याम्पियनसिपमा ६० देखि ६५ किलोको खुल्ला प्रतियोगिताको कुमुतेतर्फ कांस्य पदक विजेता राजकुमार दराई र टिम म्यानेजर रामकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.