|

फ्रान्सेली म्यागजीनले हरेक वर्ष उत्कृष्ट फुटबलरलाई प्रदान गरिने बोलोन डी’ओर अवार्ड २०१९ को प्रारम्भिक मनोनयन सार्वजनिक गरेको छ। अधिकासं  लिभरपुलका खेलाडीको बर्चस्व भएको प्रारम्भिक चरणमा ३० खेलाडीलाई मनोनयन गरिएको छ। मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेसीले स्थान नियमित बनाउँदा युरोपियन च्याम्पियनन्स लिग विजेता लिभरपुलका सात खेलाडी मनोनयनमा परेका छन्।

लिभरपुलका भर्जिल भान डिजेकसँगै मोहम्मद सलाह, साडिओ माने, रोबर्टो फिरमिनो, ट्रेन्ट एलेक्सान्डर–अर्नोल्ड, जर्जिनिओ विनाल्डम र एलिसन मनोनयनमा छन्। यस्तै म्यानचेस्टर सिटीका रहीम स्ट्रर्लिङग, रियाद महरेज, केविन डी ब्राउन, बर्नार्डो सिल्भा र सर्जिओ अग्युरो स्थान बनाएका छन्।

त्यस्तै टोटनह्यामका हुगो लोरिस र सन हेङ्ग–मिन पनि मनोनयनमा पर्न सफल भए। अधिकासं इंग्लिस क्लबका खेलाडीकोनै दबदबा रह्यो। स्टार खेलाडीका रुपमा रहेका पिएसजीका नेयमार, म्यानचेस्टर युनाइटेडका पउल पोग्बा र टोटनह्यामका ह्यारी केनले भने प्रारम्भीक चरणको मनोनयनमानै स्थान बनाउन
असफल भए।

बार्सिलोनाका मेसीसहित फ्रेन्किइ डी जोङ्ग, मार्क–आन्द्रे टेर स्टिजेन र एन्टोनियो ग्रिजम्यान, आर्सनलका पिएर एमरिक, रियल म्याड्रिडका इडन हजार्ड पनि सूचिमा स्थान बनाए। यस्तै बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, युभेन्टसका माथेज डी लिग्ट, रियल म्याड्रिडका करिम बेन्जिमा, अजाक्सका डुसान, डुनी भान डी बीक, ताडिक, पिएसजीका केलियन एमबाप्पे, नापोलीका कालिडोउ कोएलिबाली, पिएसजीका माक्र्विन्होस र एथ्लेटिको मड्रिडका जोआओ फेलिक्स पनि मनोनयनमा परेका छन्।

पेरिसमा आउँदो डिसेम्बर २ मा हुने विशेष कार्यक्रममा बालोन डी’ ओर विजेताको घोषणा हुनेछ। सन् २०१८ मा लुका मोड्रिकले अवार्ड जितेर मेसी र ल्डोको जितको क्रम भंग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.