|

काठमाडौं : तिहारसम्बन्धी विवादास्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। थापालाई महानगरीय अपराध महाशाखा, टेकुको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो। गायक थापा 'ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतका कारण विवादमा तानिएका हुन्।

यो गीतमा मदिरा, गाँजालगायत प्रयोग गर्न प्रोत्साहन दिने गरी म्युजिक भिडियो गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर अनुसन्धानअघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले थापाले जानकारी दिए।

यसअघि 'छ माया छपक्कै' फिल्मको प्रमोशनल गीतमा पनि उनी विवादमा तानिएका थिए। उनले तीजमा सार्वजनिक गरेको 'हामी पनि नाच्‍नु पर्छ बीच-बीचमा' गीत भने निकै लोकप्रिय भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.