विचार

तिहारको गीत कि संस्कृतिमाथिको प्रहार?
SHARES

कात्तिक ८, २०७६

    गायन र अभिनय दुवैमा दख्खल राख्‍ने कलाकार दुर्गेश थापा नेपाली सांगीतिक क्षेत्रमा उदायको केही वर्ष भयो। युवा पुस्तामा केही समय पहिलादेखि नै चर्चामा रहेका थापा तीजका बेला बजारमा आएको ‘बीच बीचमा’ बोलको गीतले भने प्रायः सबै नेपालीको मनमा बसे। गाउँले टिपिकल शब्दलाई नयाँ शैलीले प्रस्तुत गरेका थापाको गीत निकै रुचाइयो।

    केही आलोचकबाहेक उनले सबैको माया नै पाए। थापाले गाएको ‘बीच बीचमा’ गीत युवा पुस्ताको थेगो मात्रै बनेन् श्रव्य/दृष्य सञ्चारमाध्यमले विज्ञापन बिकाउने साधन पनि बन्यो र भन्न थाले ‘विज्ञापन त आइनै हाल्छ बीच बीचमा।’

    कानुनविपरीतका शब्‍द प्रयोग

     थापाले ‘बीच बीचमा’ बोलको गीतबाट पाएको सफलताले हौसिएर पछिल्लो समय तिहार लक्षित गीत बजारमा ल्याएका छन्। ‘ह्याप्पी तिहार, चिसो बियर’ नाम दिइएको गीत उनको आफ्नै युटुब च्यानलमार्फत दर्शक श्रो माझ आएको छ।

    तिहारको बेला गाउँघरमा खेलिने देउसीभैलोमा प्रयोग हुने शव्दहरुलाई समावेश गरिएको गीतमा थेगो र बीच बीचमा आउने केही शव्दहरु भने हाम्रो सामाजिक मूल्य मान्यता र कानुनलाई नै चुनौती दिने खालका छन्। दुर्गेशले सुरुकै अन्तरामा प्रयोग गरेको ‘ले निकाल गाँजा खाने हो आज’ शब्‍द कानुन बिपरीतको शब्‍द हो। 

    तिहारलाई  उज्यालो पर्वको रूपमा पनि मनाउने चलन छ। रंग, दीप र फूलसँगै यो पर्वलाई सांगीतिक पर्व पनि भन्ने गरिएको छ। देउसी र भैलो खेल्ने पर्व भएकाले यसलाई सांगीतिक पर्व भनिएको हो।

    नेपालको कानुनले गाँजालाई लागुपदार्थ भनेको छ। यसको प्रयोगमा प्रतिबन्ध लगाईएको छभने बिक्री वितरण गर्नेलाई कारबाहीको व्यवस्था छ। कानुन अनुसार मदिराको प्रयोग तथा मदिराजन्य बस्तुको प्रचारमा कानुनले तोकेको चेतनामूलक सामग्री राख्नुपर्छ। तर दुर्गेशले गाएको उक्साउने खालको गीतमा मदिराको व्यापक प्रयोग गरेर भिडियो बनाईएको छ तर चेतनामूलक सामग्री छैन।

    तिहार लक्षित गीत भएकाले यहाँ तिहारको बिषयमा केही लेख्नु आवश्यक होला। हिन्दु परम्पराअनुसार राक्षसलाई पराजय गरेर देवी देवताहरुले विजय हासिल गरेको पर्वको रूपमा तिहारलाई मनाइन्छ। तिहारलाई  उज्यालो पर्वको रूपमा पनि मनाउने चलन छ। रंग, दीप र फूलसँगै यो पर्वलाई सांगीतिक पर्व पनि भन्ने गरिएको छ। देउसी र भैलो खेल्ने पर्व भएकाले यसलाई सांगीतिक पर्व भनिएको हो। दुर्गेशले पनि यहि शव्दलाई आत्मासाथ गरेर गीत बजारमा ल्याए तर त्यो गीत देउसी र भैलोको मर्मसँग मिल्ने खालको छ वा छैन्। दर्शक श्रोताले मूल्यांकन गर्ने विषय हो।

    खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रंश भएर आएको मानिन्छ। अयोध्याबासीले आफ्ना राजाको आगमनमा खुसियालीमा दियो बालेका थिए। त्यो कालो रात दियोको उज्यालोले धर्ती जगमगाएको थियो।

    उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वाससहित दीप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ। देउसेहरु बली राजा आउन नभ्याएको। आफूहरु बली राजाको हुकुमअनुसार आएको भन्दै देउसी भट्याउने गर्छन्। यही मान्यतामा आधारित रहेर गाइएको गीत हो ‘ह्याप्पी तिहार।’

    त्यसबेला भगवान् रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए। यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ। अर्को कथन अनुसार एकजना राजा थिए, बली भन्ने। उनी अति नै दानी थिए। प्रत्येक दिन दान गरेर मात्र उनी आफू भोजन गर्थे। उनको यो पुण्यको कामले ठूलो ख्याति पायो। उनको प्रतापले स्वर्ग लोक हल्लिन थाले।

    ‘ह्याप्पी तिहार' को कहानी

    त्यसपछि देवताहरुको आग्रह मान्दै भगवान विष्णुले वामनको रूप धारण गरे। वामनको रुप विराट भयो। एउटै पाउले समस्त पृथ्वी ढाकीदियो। अर्को पाउले आकाश र तेस्रो पाउ पर्नसाथ बली भाँसिएर पाताल पुगे। उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे की, बर्षमा एक पटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस्। यसलाई स्विकार्दै विष्णुले बलीलाई वर्षमा एकपटक पृथ्वीमा घुम्ने अनुमति दिए।

    अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वाससहित दीप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ। देउसेहरु बली राजा आउन नभ्याएको। आफूहरु बली राजाको हुकुमअनुसार आएको भन्दै देउसी भट्याउने गर्छन्। यही मान्यतामा आधारित रहेर गाइएको गीत हो ‘ह्याप्पी तिहार।’

    तिहारको कोशेली भनेर दर्शक श्रोतामाझ आएको गीतले तिहारको झल्को भन्दा धेरै बियरको प्रचार गरेको छ। शव्दहरुमा पश्चिमा संस्कृतिको व्यापक प्रभाव देखिन्छ। जुन हाम्रो मौलिक संस्कृतिमाथिको प्रहार हो। कलाकार देशका गहना मात्रै हैनन विकासका साझेदार र चेतनाका प्रबर्धक पनि हुन्।

    एउटा कलाकारले गाएको गीतका प्रभावले समाज कसरी परिवर्तन हुन्छ भन्ने कैयौं उदाहरणहरु छन्। नेपालमै हेर्ने हो भने जीवन शर्मा, विष्णु खत्री, पशुपति शर्मा लगायतले गाएका गीतका प्रभावले भएका परिवर्तन उदाहरण हुन्।

    आम मानिसको धारणा बनाउन कलाकारले गाएका गीतले मद्दत गर्छ। जसको उदाहरण दुर्गेश आफैँ पनि हुन्। ‘छ माया छपक्कै’ टिमले उनको तीज गीतको थेगोमा आफ्नो चलचित्र प्रचार सामग्री त्यही कारण बनाउन लगाएको हो र सफल पनि भयो। अन्तर्राष्ट्रिय उदाहरण हेर्ने हो भने अमेरिकाका एकजना कलाकारले गीतबाट सामाजिक परिवर्तनमा योगदान पुर्‍याएको भन्दै नोबेल पुरस्कार नै पाए।

    सन् २०१६ को साहित्यको नोबेल पुरस्कार अमेरिकन गायक बब डिलनलाई दिइयो। उनलाई अमेरिकी गीतको परम्परामा नयाँ अभिव्यक्तिको सृजनाका लागि यो पुरस्कार दिइएको हो। उनले गाएका गीत ब्लोइनुइन द वीन्ठ र र दे आर अ चान्जिन पुरै अमेरिकासँगै विश्वमा युद्ध विरोधी र नागरिक अधिकारका गीत बन्न सफल भएका थिए।

    उनले पाएको नोबेल पुरस्कारले गीत संगीतमा कत्तिको दम छ र समाज परिवर्तनमा भुमिका छ छैन भन्ने देखाउँछ। दुर्गेशले गाएको पछिल्लो समयको गीतले भने जस्तै ‘ह्याप्पी तिहार चिसो बियर’ सँग मनाउन थाल्ने हो भने के होला? यसको असर समाजमा कस्तो खालको पर्ला, यसको उत्तर दुर्गेश आफैँसँग समेत नहोला।

    किनभने पछिल्लो समय युटुवमा भ्यूअर बढाउने, विज्ञापन तान्ने र पैसा कमाउने ध्याउन्नमा बनेका गीत धेरै छन्। त्यसको प्रभाव दुर्गेशमा पनि परेको हुन सक्छ। दुर्गेश आँफैले बनाएका गीतमा प्रयोग भएका सबै शव्द र गीतको शैलीमा कुनै गुनासो छैन। थेगोमा प्रयोग भएको शव्द र उनकै भाषामा बिच बिचमा आउने शव्दहरुको प्रभावका बिषयमा भने खोजी गर्नु आवश्यक छ।

    पक्राउ परेपछि हटाए गीत

    यो सामग्री तयार गर्दासम्म उनको गीत युटुवमा झण्डै १९ लाख दर्शकले हेरेका थिए। पछि प्रहरीले पक्राउ गरेपछि उनले युट्युवबाट आफ्नो गीत हटाएका थिए।

     उनको गीतमा के कस्ता प्रतिक्रिया आए भन्ने विषयलाई भने गोप्य राखिएको छ। यसले पनि के देखाउँछ भने उनको आफ्नो अभिव्यक्ति जबरजस्ती बिकाउने तर दर्शकका अभिव्यक्ति अस्विकार गर्ने प्रवृत्ति बढी छ।

    दुर्गेश थापाको पछिल्लो समय बजारमा आएको गीत मात्रै होइन नेपालमा कैयौं गीत संगीतहरु बेला बेलामा विवादमा आउने गरेका छन्। पर्वका नाममा आएका हुन् वा हिउँद वर्षाको मौसम छोपेर। देशमा निर्माण हुने चलचित्रमा जाँचबुँज भए जस्तै गीत संगीतको क्षेत्रमा पनि जाँच बुझको प्रबन्ध गर्नु राज्यको दायित्व बन्नुपर्छ। 

तारानाथ आचार्य

 आचार्य थाहा खबरका बाग्लुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]