विश्व

सैनिक कारबाहीमा मारिए बग्दादी
SHARES

कात्तिक १०, २०७६

    अमेरिकाले आतंकवादी इस्लामिक इस्टेट (आईएसआईएस)का प्रमुख अबु बकर अल बग्दादी सैनिक कारबाहीमा मारिएको दाबी गरेको छ। 

    अमेरिकी सेनाका उच्च स्रोत उद्धृत गर्दै दिएको समाचारमा सिरियाको इब्लिदमा आईएसआईएसका ठूलो नेताविरुद्ध कारबाही गरिएको र त्यो प्रमुख बग्दादी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विट गर्दै ठूलो समाचारको चाँडै घोषणा हुने बताएका छन्।

     

    सिरियाका उत्तर–पश्चिमस्थित इब्लिद राज्यको आकाशमा शनिबार अमेरिकी हेलिकप्टरहरू देखिएका थिए भनिएको छ। 
    इराकमा अमेरिकाले सद्दाम हुसेनविरुद्ध आक्रमण गरेपछि कट्टर रूढिवादी धर्मगुरु बग्दादी सक्रिय भएका थिए। अमेरिकी सेनाले पक्राउ गरेका बग्दादी पछि अल कायदा नेताका रूपमा उदाएका थिए।

    इराकबाट अमेरिकी सैनिक फर्किएपछि उनले इस्लामिक स्टेट स्थापना गरेका थिए। सिरियामा गृहयुद्ध सुरु भएपछि राष्ट्रपति बसार अल असदलाई अपदस्थ गरेर उनी धार्मिक राज्य स्थापना गर्न चाहन्थे।

    विभिन्न देशमा गरेका आक्रमण तथा आफूले नियन्त्रण गरेका क्षेत्रमा गरेका अत्याचारी कारबाहीका कारण उनी विश्वभर चर्चामा थिए। इस्लामिक लडाकुहरूका लागि उनी आकषर्णको केन्द्र थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]