काठमाडौंः रानीपोखरीस्थित बालगोपालेश्वर महादेवको मन्दिर पुनर्निर्माण पूरा नभएकाले यस वर्षको भाइटीकाका दिन मन्दिरको पश्चिमी मोहडामा टीका लगाउने व्यवस्था गरिएको छ।
दिदीबहिनी नभएकाहरुले यस मन्दिरमा भाइटीका लगाउने प्रचलन रहेकाले मन्दिरको पश्चिम मोहडामा बसेर टीका लगाउन व्यवस्था गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदा शाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए। भाइटीकाका लागि मन्दिर वरपर सफाइ भइरहेको छ। भाइटीकाका दिन बिहान ७ बजेदेखि साँझ साढे ७ बजेसम्म मन्दिर प्रवेश खुला गरिएको मानन्धरले जनाए।
टीकाका दिन मन्दिरको मूर्ति बाहिर ल्याएर पूजा गरी टीका लगाउने व्यवस्था मिलाउने प्राधिकरणले जनाएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि मन्दिर बाहिर नै टीका लगाउने व्यवस्था गरिँदै आइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।