विश्व

फिलिपिन्समा भूकम्प, ६ जनाको मृत्यु, ३०० घाइते
SHARES

कात्तिक १३, २०७६

    दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन्।

    भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ। भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो। भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६।६ म्याग्निच्युडको थियो।

    यसलगत्तै अरु ५।८ म्याग्निच्युडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए। पहिलो धक्का स्थानीय समयअनुसार मंगलबार बिहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो।

    भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेको थियो। दुई साताअघि पनि फिलिपिन्समा ६।४ म्याग्नीच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]