|

बाँके : नरैनापुर गाउँपालिकामा बसोबास गर्ने हिन्दू र इस्लाम धर्मावलम्बीले एकअर्काको चाडपर्वलाई सम्मान गर्न थालेपछि एक आपसमा सम्बन्ध सुधार भएको छ। एकअर्काको धर्म, संस्कृति र संस्कारको सम्मानले समाजमा सामाजिक तथा धार्मिक सद्भाव बढेको नरैनापुर गाउँपालिका–४, घोरदौरियाका फुलावर अलीले बताए।

उनले कुनै बेला नरैनापुर गाउँपालिकाका हिन्दू इस्लामको घरमा र इस्लामको घरमा हिन्दू नजाने अवस्था रहे पनि हाल त्यस्तो नभएको बताए। सामाजिक सद्भावका लागि अहिले दुई धर्मावलम्बीवीच सहभोजमा समेत हुने हुने गरेको छ। łहिन्दू र इस्लाम एउटै गाउँमा बसोबास गरे पनि दिल खोलेर बोलचाल हुँदैनथ्यो। धार्मिक सद्भाव विना सामाजिक सद्भाव हुन सक्दैन,’ उनले भने।

खुलेर कुराकानी गर्न थालेपछि एकआपसमा भएको वितृष्णा मेटिने र सामाजिक सद्भावमा सहयोग पुग्ने गरेको महेन्द्र मावि, मटेहियाका पूर्व प्रधानाध्यापक पेश्कार सिंहले बताए। उनले सामाजिक सद्भावका लागि एकले अर्काको सम्मान गर्नुपर्ने बताए। 'कुराकानी नगर्दा मनमा कुरा गुम्सिने र एकअर्कामा वितृष्णा पैदा भई सद्भावमा असर पुगेको हाम्रो ठहर छ,’ उनले भने, 'हिँड्डुल गर्ने क्रममा भेट्घाट हुँदासमेत बोलचाल नगरी हिँड्ने गरिन्थ्यो।’

नरैनापुर गाउँपालिकाका प्रमुख सैयद इस्तियाक अहमद शाहले आफ्नो गाउँपालिकामा धार्मिक तथा सामाजिक सद्भाव अति आवश्यक भएको बताए। उनले हिन्दू र इस्लाम धर्मावलम्वीको बसोबास भएकोले दुवै धर्मावलम्बीलाई मिलाएर लैजाने चुनौती रहेको बताए।

सामाजिक सद्भावका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रम सञ्‍चालन गर्दै आएको बताउँदै प्रमुख शाहले एकले अर्काको धर्म र संस्कृतिको सम्मानले मात्र सामाजिक सद्भाव बलियो हुने बताए। उनले सहभोज, सांस्कृतिक उत्सव, धार्मिक महोत्सव लगायतका क्रियाकलाप गर्दै आएको जानकारी दिए। 'एउटा धर्मावलम्बीले अर्को धर्मावलम्बीको भावनालाई सम्मान गर्नसके सामाजिक सद्भाव बलियो बनाउन सकिन्छ,’ उनले भने।

धार्मिक रुपमा कट्टर नरैनापुरमा सामाजिक सद्भावका लागि सचेतना आवश्यक छ। जुनसुकै बेला सद्भाव विग्रिन सक्ने भएकोले सचेनाका लागि बागेश्वरी असल शासन क्लव (बास) ले नरैनापुरमा सांस्कृतिक महोत्सव गर्दै आएको छ।

तीन बर्षदेखि सांस्कृतिक महोत्सव गर्दै आएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए। संस्कृतिको माध्ययमबाट सामाजिक सद्भाव कायम गर्न सांस्कृतिक महोत्सव गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.