|

आइएस प्रमुख अबु बकर अल बग्दादी आइतबार नै मारिने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए। उनी अन्तिम समयसम्म रोएर बसेको र जीवनका लागि याचना गरिरहेको उनको भनाइ छ।

यसैगरी, अमेरिकी सैनिक जोइन्ट चीफ अफ स्टाफका प्रमुख मार्क मिलीले राष्ट्रपति ट्रम्पले बताएका कुरालाई पुष्टि गर्न नसक्ने बताएका छन्। उनले भने, 'राष्ट्रपति ट्रम्पले के को आधारमा बोलेका हुन्। उनलाई कसले यो विषयमा जानकारी दियो, म यो विषयमा जान्दिनँ।'

बग्दादीको शवलाई समुन्द्रमा फालिएको छ। मार्कले भने, 'बग्दादीको शवको डीएनए परीक्षणको लागि सुरक्षित स्थानमा लगेको हो। त्यसपछि शवलाई अन्त्य गरिएको हो। सबै प्रक्रिया पूरा गरेर नै शवको अन्त्य गरेको हो।'

अमेरिकी रक्षा मन्त्रालयका अनुसार उनको मृत्युपछि डिएनए परीक्षण गरी समुद्रमा अन्त्येष्टि गरेको हो। यसको लागि अमेरिकी सरकारले भिडीयो पनि प्रसारण गर्ने सक्नेछ।

बग्दादीको गोप्य ठेगाना अमेरिकी सैनिकले जानकारी लिएर मात्र आक्रमण गरेको मार्कले बताए। सैनिकले आइएसआइएसका महत्वपूर्ण सामग्री कब्जा गरेको उनले जानकारी दिएका छन्।

आतंकवादी सम्बन्धी त्यसमा सम्पूर्ण महत्वपूर्ण दस्तावेज रहेको उनले पुष्टि गरे। उनले भने, 'त्यहाँबाट केही सामान लिएको छ। अहिले नै यहाँ जफत गरिएको सामग्रीको बारेमा केही जानकारी नदिने त्यहाँ महत्वपूर्ण सामग्री पनि हुन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.