|

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा–३ कस्केरीमा बुधवार आगलागी हुँदा एक घर जलेरपूर्ण रुपमा नष्ट भएको छ। 

भीमबहादुर थापाको एकतले घरमा एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन नहुदाँ पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय यामनाथ पौडेलले बताए। आगलागी लगत्तै पशुचौपायालाई भने जोखिम मोलेर बचाउन सफल भएपनि घरभित्र रहेका पैसा, लत्ताकपडा, अन्नबाली नष्ट भएको पौडेलले जानकारी दिए। आगलागीको विद्युत सर्ट वा कारण पहिचान हुन सकेको छैन्। 

आगलागिबाट घरसहित करिव ५ लाखको हाराहारीमा क्षति भएको अनुमान गरिएको छ।  आगलागीको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। यसैबीच बेनी नगरपालिका–५ डडुवामा पनि सोमबार एक घरमा आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको छ। 

डडुवाका गिरीराज उपाध्यायको घरमा सोमबार दिउँसो विद्युत सर्ट भई आगलागीहुँदा  लत्ताकपडा, धातुका भाँडाकुँडालगायतका घरायसी साम्रागी जलेर नष्ट भएको हो। आगलागीबाट दुईतले ढुंगाको घरमा प्रयोग गरिएका काठका साम्रागीहरु समेत काम नलाग्ने अवस्थामा रहेको उपाध्यायले बताए। आगलागीबाट करिब ५ लाख ७० हजार नोक्सानी भएको अनुमान प्रहरीले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.