विचार

विदेशका नेपाली एक महिना देश हेर्न आउनू
SHARES

कात्तिक १४, २०७६

    विक्रम संवतको ०१७–१८ सालतिर नेपाल र दक्षिण कोरियाको स्थिति उस्तै थियो। कोरिया अहिले जस्तो विकसित थिएन। उल्टै त्यतिबेला दक्षिण कोरियालाई खाद्यान्न सहयोग गरेको थियो। त्यहाँ सत्ता पनि दुवै मुलुकमा उस्तै थिए, निरंकुश। दुई मुलुकका सत्ता सञ्‍चालकको मति भने फरक थियो। राजा महेन्द्र प्रखर कवि तथा गीतकार थिए त्यसै उनले सोचअनुकूल साहित्य संकृतिका बाहकहरूलाई नेपालमा आमन्त्रण गरे।

    उता, कोरियाका सैनिक शासकले विश्वभरि छरिएका प्राविधिकलाई ‘कोरिया बनाउन फर्केर आऊ, अहिले हामी गरिब छौँ, तिमीहरू आएपछि हामी समृद्धिको दिशातिर अग्रसर हुनेछौं। 

    अहिलेको गरिबीमा पनि हामीले शरणार्थी र २० लाख भारतीय भाइबैनालाई पालेका छौं भने तपाईंहरू नेपाल आउने र विदेशमा प्राप्त गरेको सीपलाई नेपालमा टाँस्दा मात्रै हामी आजभन्दा धेरै धनी हुन्छौं। प्रदेशहरू आत्मनिर्भर हुन्छन्। 

    परिणाम पनि उस्तै भयो। नेपालले गीत, संगीत र साहित्यको क्षेत्रमा छलाङ मार्‍यो भने दक्षिण कोरिया एशियाको उल्लेख्य औद्योगिक राष्ट्र बन्यो।

    नेपालबाट विदेशिने दक्ष जनशक्तिले विदेशमा ठूला ठूला पौरख गरेको सुनिन्छ र  पढिन्छ पनि। उनीहरू इञ्‍जिनियर छन्, डाक्टर छन्, भाषाविद् छन्, सफल व्यवसायी छन्। यी सबै सक्षम शक्ति नेपालमा फर्किने हो भने नेपाल दक्षिण एशियाको सबैभन्दा समृद्द देश हुनेछ।

    अहिलेको गरिबीमा पनि हामीले शरणार्थी र २० लाख भारतीय भाइबैनालाई पालेका छौं भने तपाईंहरू नेपाल आउने र विदेशमा प्राप्त गरेको सीपलाई नेपालमा टाँस्दा मात्रै हामी आजभन्दा धेरै धनी हुन्छौं। प्रदेशहरू आत्मनिर्भर हुन्छन्। व्यापार व्यवसायको व्यवस्थापन मात्रै हुनसक्यो भने फेरि हामी निर्यातकर्ता मुलुकका नागरिक  हुनेछौँ।

    आफ्नो विदेश यात्रामा मैले तीन खालका नेपाली भेटेको छु। पहिला ती थोरै, जो विदेशको बसाइलाई सामान्य बसाइँसराइ मान्छन्। एकजना भेटेको थिएँ मेरिल्याण्डमा। उनले भनेका थिए, मानिस भनेको यायाबर हो।

    हाम्रा पुर्खा भारतबाट बसाइँ सरेर नेपालको डडेल्धुरा आए। डडेल्धुराबाट हामी नुवाकोट आएछौं। नुवाकोटबाट काठमाडौं छिरियो। अहिले यहाँ मेरिल्याण्डमा छौं। भोलि मेरा सन्तानहरू कहाँ पुग्ने हुन् त्यो मलाई थाहा छैन।

    यी साथीलाई म केही भन्‍दिनँ। उनको रहरले उनलाई पृथ्वी घुमे जसरी आफू पनि घुमिरहन्छु भन्ने चेत दिएको छ। उनका लागि विश्व एउटा इकाइ हो र देशको सिमानाभन्दा त्यो इकाइ कता हो कता ठूलो छ।

    तर, ती साथी र विदेशमा रमाएर बस्नुभएका साथीहरूसँग एउटा त्यस्तो नोस्टाल्जिक सन्दर्भको चर्चा गर्न चाहन्छु, जसले साहित्यको नोबल पुरस्कार पाउँदा आफ्नो परिचयको सन्‍दर्भमा भन्नुभएको थियो – मेरा पुर्खा भारतभन्दा माथिको हिमाली राज्य नेपालबाट भारतको बाटो हुँदै क्यारेवियन द्वीप समूहमा आएका हुन्। म त्यहीँ जन्मिएको हुँ। अहिले म बेलायतमा बसोबास गर्छु  म बेलायती...।

    तिनको नाम हो भी.एस. नयपाल (विद्यासागर श्रीप्रसाद नयपाल। कुनैबेला भारत र क्यारिवियन आइल्याण्ड बेलायतकै उपनिवेश थिए। सायद यही औपनिवेशिक नाताले होला नोबल पुरस्कार पाएपछि भारतले उनलाई आफ्नो नागरिक बनाउन असाध्यै जोड गर्‍यो। तर, उनी त्यसका लागि कहिल्यै तयार भएनन्। पुर्खाको हिमाली राज्यलाई नै आफ्नो ठान्दै भर्खरै बेलायतको आफ्नो घरमा सधैँका लागि निदाए।

    नेपालीहरू अल्छी तर गरिब छैनन्। अहिले पनि नेपालमा चौधरी ग्रुप, गोल्छा समूह, खेतान ग्रुप, सोल्टी, अन्नपूर्ण जस्ता ठूला होटल छन् जसका मालिकहरू नेपाली नै छन्। यिनले व्यापारिक परिपाटीलाई नेपालमुखी बनाए भने नेपालको अर्थले ठूलो फडको मार्न सक्छ।

    अर्काथरि साथीहरूको गुनासो छ – नेपाल वातावरण नै छैन। पहिलो कुरा, हरेक व्यक्तिले वातावरण आफैँले बनाउने हो। सकिएन भने सहयोगी साथी खोज्ने हो। अर्को कुरो नेपालको संविधानमा दुई महत्वपूर्ण परिवर्तन भएका छन्।

    हिजो केन्द्रीय शासन थियो। सिंहदरबारको चक्रव्‍यूहभित्र जो पनि अलमलिन्थ्यो। अहिलेको शासन प्रणाली संघीय लोकतान्त्रिक छ। अर्थात् हिजो सम्पूर्ण अधिकार काठमाडौंको सिंहदरबारमा थियो। अहिले त्यो सात प्रदेश, सबै नगरपालिका र गाउँपालिकामा विनियोजित भएको छ। त्यसैले नेताहरू भन्न थालेका छन् – घर घरमा सिंहदरबार।

    जो हिजो, अर्थात् पञ्‍चायत तथा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको समयमा विदेश जानुभएको थियो, उहाँहरूले कम्तीमा पनि आजको नेपालमा एक महिना बिताउनुपर्छ। उहाँहरूले संघीयतापछिको परिवर्तन प्रत्यक्ष देख्‍न र महसुस गर्न सक्नु हुन्छ।

    अथवा ती साथीसँग भेटेर अनुभव साटफेर गर्न सक्नु हुन्छ, जो दासताको वैदेशिक रोजगारीबाट नेपालको स्वाभिमानी रोजगारीमा रमाइरहनु भएको छ।

    नेपालीहरू अल्छी तर गरिब छैनन्। अहिले पनि नेपालमा चौधरी ग्रुप, गोल्छा समूह, खेतान ग्रुप, सोल्टी, अन्नपूर्ण जस्ता ठूला होटल छन् जसका मालिकहरू नेपाली नै छन्। यिनले व्यापारिक परिपाटीलाई नेपालमुखी बनाए भने नेपालको अर्थले ठूलो फडको मार्न सक्छ।

    विदेशमा बस्ने नेपालीहरूका लागि सबैभन्दा ठूलो प्रेरणास्रोत भनेको सानिमा समूह हो। विदेशी पुँजी परिचालन गरेर नेपालको समृद्धिमा ठूलो योगदान दिने औद्योगिक प्रतिष्ठान हो सानिमा समूह।

    संगठितरूपमै त्यसले सानिमा बैंक, सानिमा जलविद्युत् आयोजना र सानिमा होटल अहिले सञ्‍चालन गरिरहेको छ। व्यक्तिगत हिसाबले त्यो समूहका सदस्यले विद्यालय, अस्पताल, साहित्य र संस्कृतिको क्षेत्रमा ठूलो योगदान दिएका छन्।

    विदेशमा व्यवस्थापन क्षेत्रमा सफल भएका नेपालीहरू हिमाली क्षेत्रमा लोठसल्लाको उत्पादन, (यो अहिलेसम्म ज्यानमारा ठानिएको क्यान्सरको उपचारको औषधिको कच्चा पदार्थ हो) तथा हिमाली जिल्लामा खेती गर्न सकिने यार्चा, कुटकी, जटामसी आदि जस्ता जडीबुटीको उत्पादन, शोधन र निर्यातको व्यवस्थापन गर्न सक्छन्। नेपाली चियाको विदेशमा राम्रै प्रचार भएको छ। नेपालमा त जता हेर्‍यो, त्यतै पैसा छ। मुख्य कुरा पहिले आफ्नो आँखालाई देख्‍नसक्ने बनाउनुपर्‍यो र लगानी गर्न सक्नुपर्‍यो।

    ठूला कुरा नगरम् रे। रेष्टुरेन्ट, क्याफे जस्ता व्यवसायमा त त्यस्तो ठूलो लगानी नगर्नु पर्ला नि ! अहिले गाउँगाउँ पुगेको होमस्टे, ट्रेकिङ जस्ता पेसामा स्तरोन्नति गर्दा पनि देशलाई समृद्धिकै दिशातिर लग्न सकिन्छ। कमाउन पनि सकिन्छ।

    पछिल्ला दिनहरूमा केही राम्रा संकेत देखिएका छन्। गाई पालन, यद्यपि नेपालका लागि यो पेसा ठूलो नाफाको व्यवसाय होइन, किनभने गाईका बाच्छाहरु पाल्नुभनेको घाटाको काम हो।

    गाईलाई गौमाता मान्ने संस्कारका कारण गाई बचाऊँ, गोरुलाई चाहिँ काटी खान दिऊँ भन्ने नयाँ संस्कारको  विकास गर्नु भनेको एउटा पहाड खनेर मैदान बनाउनु जस्तो काम हो। तर, गाई पालनमा पनि घाटा हुँदैन। किनभने विदेशबाट नेपालमै केही गर्छु पौरखीहरूले चार पाँच सयसम्म गाई पालिरहेकै छन्। नेपालमा बाख्राको दूध सबैभन्दा पौष्टिक हो भन्ने सत्यको ज्ञान छैन। राम्रो प्रचार गर्न सके थोरै लगानीमा धेरै प्रतिफल पाउने व्यवसाय यो पनि हो।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]